सरकार सञ्चालनमा समस्या छैन, गठबन्धन २०८४ सम्म जान्छ : पूर्वप्रधानमन्त्री देउवा
काठमाडाैं, २६ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताउनुभएकाे छ ।
सुदूरपश्चिम पुग्नुभएका देउवाले धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पार्नुभयाे ।
राजतन्त्रको हल्लाको विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयाे, “राजतन्त्रको पक्षमा अहिले हल्ला मात्र भइरहेको छ, कुनै माहोल मैले देखेको छैन।” हल्ला गरेर केही नहुने उहाँको भनाई थियो।
कांग्रेस सभापति देउवा पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन धनगढी पुग्नुभएकाे हाे ।