वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ, २७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दिलीप शर्मालाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिस अनुसार डा. शर्मालाई उक्त पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १०औँ तहका कर्मचारी हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *