सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, २६ असोज । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *