हङकङविरुद्ध नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौँ, १ चैत । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भएको टसमा हङकङले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। जारी प्रतियोगितामा नेपालले पाँच खेल खेलेकोमा एक खेलमा मात्र जित हासिल गरेको छ।

यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग २ रनले हारेको थियो।

नेपालले युगान्डालाई पहिलो खेलमा १ विकेटले हराएको थियो भने दोस्रो खेलमा ४१ रनले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *