चारदेशीय टि ट्वान्टीआईमा नेपालको सान्त्वना जित

काठमाडौँ, १ चैत । वुमेन्स कप चारदेशीय टि ट्वान्टीआई शृङ्खलामा नेपालले शुक्रबार हङकङलाई छ विकेटले हराएर सान्त्वना जित हात पारेको छ ।

युगान्डास्थित इन्टेबी क्रिकेटओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४रन बनाएको थियो । नेपालले १९।३ ओभरमा चार विकेटको क्षतिमा १०५ रन बनाएर लक्ष्य हासिलगर्यो । प्रारम्भिक ब्याटर सम्झना खड्काले ४३ बलमा तीन चैकासहित सर्वाधिक४७ रन बनाएपछि नेपालको जित सहज बन्यो । सम्झना नै प्लेअयर अफ द म्याच बनिन् । सम्झनार कप्तान इन्दु वर्माले पहिलो विकेटका लागि ५३ रनको साझेदारी निर्वाह गरेपछि नेपालकोजित सम्भव भयो । इन्दुले ३२ बलको सामना गरी १८ रन बनाइन् । इन्दु, सम्झना, रोमा थापा ४ रन र विन्दु रावल ४ रन फटाफटआउट भएपछि नेपाल समस्यामा पर्ने सम्भावना नदेखिएको पनि होइन । तर पूजा महतोलेअविजित २० रन बनाएर नेपाललाई जितसम्म लगिन् । विकेटकिपर एलिसा यादव पनि पाँच रनमा अविजित रहिन् ।

यसअघि, हङकङका लाग प्रारम्भिक ब्याटर सन्जिन सहजादले पाँच चौका रएक छक्कासहत ४७ बलमा ५४ रनको अर्धशतकीय पालि खेलेकी थिइन् । नेपालका लागिराजमती ऐर चार ओभरमा मात्र १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । कप्तान इन्दुले पनि चार ओभरमा १२ रन खर्चेर दुई विकेट हासिल गरिन् । यसैगरी पूजा र इश्वरी विष्टले एक–एक विकेट हासिल गरे ।