धर्मश्री विजेतालाई १२ लाख
काठमाडौँ, ४ चैत । नेपाल व्यायाम मन्दिरको आयोजनामा हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले चैत ७ देखि ९ गतेसम्म हुने धर्मश्रीको तयारी पूरा भएको जानकारी गराएका हुन् ।
पहिलो दिन वेइङ, चैत ८ गते प्रि–जजिङ तथा अन्तिमदिन फाइनल हुनेछन् । धर्मश्रीमा ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल छ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यी हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि भिडन्त हुनेछ ।
धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुने बताइएको छ । आयोजकले प्रतियोतिगामा करबि छ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ । पुरुष फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाम दिइएको छ । जुन पिएल सिंह मेन्स फिजिक प्रतियोगिता हुनेछ ।
ओभरअल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । पछिल्ल संस्करणभन्दा दुई लाखले विजेतालाई दिइने रकम वृद्धि घएको हो । यसैगरी उपविजेताले ६ लाख, तेस्रोले ३ लाख, चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङको विजेताले २–२ लाख र उपविजेताले १–१ लाख पाउनेछन् । यसैगर तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार रतथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपियाँले पुरस्कृत हुनेछन् ।