काठमाडौं उपत्यकाका १३ क्याम्पसको नतिजा सार्वजनिक, हेर्नुहोस् कहाँ कसले जित्यो?

काठमाडाैं, ६ चैत्र । काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सम्पन्न भएकाे छ । निर्वाचन सम्पन्न भएकामध्ये १३ वटा क्याम्पसको आधिकारिक नतिजा सार्वजनिक भएको हाे।

सार्वजनिक नतिजा अनुसार, अनेरास्ववियुले नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा, ललितकला क्याम्पसमा आशिष पौडेल र नेशनल ल कलेजमा विजय हासिल गरेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन्। यसैगरी, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रल्हाद खड्का, महाराजगञ्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का विजयी भएका छन्।

त्यस्तै अखिल (क्रान्तिकारी) बाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *