साताको अन्तिम दिन सेयर बजारमा वृद्धि: नेप्से २६ अंकले बढ्याे, पौने ११ अर्बको कारोबार

काठमाडौं, ४ वैशाख। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६.४९ अंकले उकालो लागेको छ । यो वृद्धिसँगै नेप्से २७२२ अंकको विन्दुमा पुगेर बन्द भएको छ। बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

आज कुल १० अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन अघिल्लो दिनको ७ अर्ब २६ करोडको तुलनामा निकै बढी हो। आज व्यापार समूहको सूचक ०.१५ प्रतिशतले घट्नुबाहेक अन्य सबै समूहका सूचक हरियाली देखिए।

सबैभन्दा धेरै लगानी समूह २.९९ प्रतिशतले बढ्यो। त्यसैगरी, बैंकिङ १.१४ प्रतिशत, विकास बैंक १.३५ प्रतिशत, वित्त ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत, जलविद्युत् १.१३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, उत्पादनमूलक ०.०५ प्रतिशत, लघुवित्त ०.६३ प्रतिशत, निर्जीवन बीमा ०.९६ प्रतिशत र अन्य समूह ०.३७ प्रतिशतले बढेका छन्।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो। एचआईडीसीएलको मूल्य ६.८२ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ६.६७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत ले वृद्धि भएकाे छ।

सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल (बालाजु) रह्यो, जसको सेयर मूल्य ४.४ प्रतिशतले घटेकाे छ । कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रह्यो, जसको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *