नेपाल ओलम्पिक कमिटीलाई आइओसीको मान्यता

काठमाडौँ, ४ वैशाख । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले बिहिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट चुनिएको कार्यसमतिलाई मान्यता दिएको छ ।

आइओसीले एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गर्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको पत्र पठाएको छ । गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।

आइओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक समेत रहनुभएका जेम्स म्याक्लोडद्वारा हस्ताक्षरित पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकताबद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनस्र्थापित गर्न आग्रह पनि गरिएको छ ।