एफसी चितवन एनएसएलको प्लेअफमा पुग्ने चौथो टिम
काठमाडौँ, ४ वैशाख । एफसी चितवन तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । समूह चरणको अन्तिम खेलमा एफसी चितवनले बिहिबार धनगढी एफसीलाई ३–१ ले हराएर प्रतियोगितामा आफूलाई जिवित राख्यो । धनगढीको यो पहिलो पराजय हो ।
दशरथ रङगशालामा चितवनका लागि नोदिरबेक माभ्लोनोभ र जय गुरुङ तथा धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे । धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि चितवनको जितको अन्तर फराकिलो भएको थियो ।
आजकोे खेलमा पहिलो गोल धनगढीले गर्यो । खेलको सातौँ मिनेटमै जर्ज प्रिन्स कार्कीले लामो दुरीबाट बल सीधै गोलपोस्टमा छिराएर धनगढीलाई अगाडि पारे । चालू प्रतियोगिताकै जर्ज प्रिनसको गोल उत्कृष्टमध्ये एक बनेको छ । चितवनका कप्तान माभ्लोानोभले पेनाल्टीमा गोल गरी स्कोर १–१ पारे । चितवनका छिरिङ गुरुङले प्रहार गरेको बल डिबक्सभित्र रहेको धनगढीका अशोक खवासको हातमा लागेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए ।
चितवनले पूर्वार्धको इन्जुरी समयमा जयले दोस्रो गोल गरे । छिरिङले क्रस गरेको बलमा गोलपोस्ट नजिकबाट जयले गोल गरेका हुन् । त्यसपछि ५१ औँ मिनेटमा चितवनका भिक्टोर मानसारेको क्रसलाई जोगाउन खोज्दा अमृतले आप्mनै गोलपोस्टमा बल छिराएरलाई धनगढीको खेलमा फर्किने सम्भावनालाई क्षीण बनाए । गोलकर्ता जयले इनर्जेटिक प्लेअर घोषित भएर १५ हजार रुपियाँ तथा माभ्लोनोभले म्यान अफ दि म्याच बनेर ३० हजार रुपियाँ प्राप्त गरे । चालू प्रतियोगितामा माभ्लोनोभ दोस्रो पटक म्यान अफ दि म्याच बनेका हुन् ।
प्लेअफ समीकरण
समूह चरणको अन्तिम खेलमा धनगढी सिटीको हारसँगै गत विजेता ललितपुर सिटी एफसी १२ अङकसहित शीर्ष स्थानमा रहेको छ । बनाउन सफल भयो । धनगढी एफसी ११ अङकसहित दोस्रो स्थानमा रह्यो । चितवन जितसँगै दस अङक प्राप्त गर तेस्रो स्थानमा उक्लियो । पोखरा थन्डर्स चौथो स्थानमा छ ।
ल्लितपुर र धनगढीबिच शनिबार क्वालिफायर वन हुनेछ । जसमा विजयी हुने टिम सीधै फाइनलमा पुग्नेछ । पछिल्लो संस्करणमा ललितपुरले धनगढीलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो । चितवनले इलिमिनेटरमा पोखरा थन्डर्सविरुद्ध खेल्नेछ । सो खेलमा हार्ने टिमको चुनौती समप्त हुनेछ भने जित्ने टिमले फाइनल प्रवेशका लागि क्वालिफायर वनमा हार्ने टिमसँग खेल्नेछ ।