रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा स्थापित पुरस्कार बैशाख २० गते समर्पण गरिने
काठमाडौं, १५ वैशाख । झापाको भद्रपुर-७ मा अवस्थित रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले आगामी २०८२ साल वैशाख २० गते शनिबार काठमाडौंमा पुरस्कार तथा सम्मान समर्पण समारोह आयोजना गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्गस्थित सभाहलमा दिनको ११:३० बजे सुरु हुने समारोहमा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगर प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार, समारोहमा विभिन्न विधामा स्थापित पुरस्कारहरू प्रदान गरिनेछ । यस पटक सम्मानित हुने व्यक्तित्व तथा संस्थाहरूमा: गौरादेवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार-२०२४: मानव अधिकारको लागि महिला, एकल महिला समूह रहेका छन् ।
अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०२४: श्री बिनु सुवेदी, म्याग्दीले पाउने भएकी छन् । भने देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार-२०२४: श्री सदिक्ष्या पण्डित (सिन्धुपाल्चोक) र श्री त्रिदेव पौडेल (काठमाण्डौं)ले पाउने भएका छन् ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली र महासचिव तुलसी राम ओलीले उक्त समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ । Pressmeet_2082