सरकारकाे नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐनदेखि स्टार्टअप प्रवर्द्धनसम्म (पूर्णपाठ)

काठमाडौँ, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका आगामी वर्षका प्राथमिकता र योजनाहरू सार्वजनिक गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्ने, विद्युत आपूर्ति सुनिश्चित गर्न र आयात प्रतिस्थापन गर्न जलाशययुक्त जलविद्युत आयोजना कार्यान्वयन गर्ने, जेन-जी (युवा) पुस्तालाई प्राथमिकतामा राखेर स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने लगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।

यसका साथै, यस पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको नाममा सञ्चालन हुँदै आएका विभिन्न परियोजनाहरूको नाम परिवर्तन गर्ने घोषणा पनि गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ यस्ताे छ :