भारत सरकारले दियाे एक्सलाइ ८ हजार बढी खाता ब्लक गर्ने आदेश

काठमाडौं, २६ वैशाख । भारत सरकारको निर्देशनमा सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ।

सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी गर्दै यो नयाँ कदम उठाइएको हो।

एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ।’

एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन ।