पुरुषोत्तमलाई रेटिङ बुद्धिचालको उपाधि
विर्तामोड, ४ जेठ । उभौली पर्वको अवसरमा आयोजित प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जित्नुभयो । एक खेलमा हार व्यहोरेका चौलागाईंले महत्त्वपूर्ण फाइनल खेलमा खोटाङका धिरेन राईलाई पराजित गरेका थिए । उपाधि सँगै उनले आकर्षक ट्रफि सहित नगद पुरस्कार ५१ हजार प्राप्त गरेका छन् ।
फिडे मास्टर रुपेश जैशवालले समान ८ अंक नै जोडे पनि चौलागाईंसंग प्रोग्रेसिभ अंकको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहे । नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई निकै कठिन खेलमा पन्छाउदै ३५ हजार रुपियाँ पुरस्कार पाउन सफल भए । सएम नवीन तण्डुकार तेस्रो भएर ३० हजार रुपियाँको हकदार बने ।
विधागतमा नवप्रवेशीतर्फ जीवन राई, सिनियरमा वसन्त लामा, महिलामा कृतिसारा अधिकारी, झापा जिल्लामा राज लिम्बू, रेटिङ १६ सयमा डा. सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, युवा १४ कृष्णप्रसाद भारती, युवा १८ मा सम्यक श्रेष्ठ शीर्ष स्थानमा रहे । स्