‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

झापा, २० जेठ । झापाकाे कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट हुँदा ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उहाँले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेकाे अवस्थामा भेटिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताउनुभयो ।