बेलिब्रिज जडान गर्न कान्तिलोकपथ ४ दिन बन्द, वैकल्पिक मार्ग प्रयाेग गर्न प्रशासनकाे आग्रह

काठमाडौं, २० जेठ । काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथ चार दिनका लागि पूर्ण रुपमा बन्द हुने भएको छ।

लोकपथ अन्तर्गत मकवानपुरको बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म कान्तिलोकपथ पूर्ण रुपमा बन्द रहने जानकारी गराएको छ।

प्रशासनले उक्त अवधिमा हेटौंडाबाट काठमाडौं आउने-जाने तथा काठमाडौंबाट हेटौंडा जाने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

सूचना अनुसार, कान्तिलोकपथको विकल्पमा यात्रुहरूले कुलेखानी-कलंकी-हुमाने मार्ग वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्ड प्रयोग गर्न सक्नेछन्। सडक प्रयोगकर्ताहरूलाई पर्न जाने असुविधाप्रति सचेत रहँदै यात्रा योजना बनाउन पनि प्रशासनले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *