बाल प्रतिभाको खोजी गर्ने ‘भ्वाइस किड्स-४’ आजदेखि प्रसारण

काठमाडौँ, ३० जेठ । बालबालिकाहरुको गायन प्रतिभालाई प्रोत्साहन गर्ने लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ को चौंथो सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ।

हरेक शुक्रबार र शनिबार बेलुका ८ बजेदेखि हिमालय टिभी र ‘भ्वाइस अफ नेपाल’को आधिकारिक युट्युब च्यानलबाट प्रसारण हुने यस शोमा नयाँ कोच टोलीले प्रतिभाहरुलाई मार्गदर्शन गर्नेछन्।
यस सिजनको कोचको कुर्सीमा सत्यराज आचार्य, खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार रहेका छन्।

शोका निर्देशक लक्ष्मण पौड्यालका अनुसार, ‘ब्लाइन्ड अडिसन’बाट सुरु हुने प्रतिस्पर्धामा यसपटक ४८ जना बाल प्रतिभाहरुले आफ्नो गायकी प्रस्तुत गर्नेछन्। नेपाललगायत विदेशमा रहेका ६ देखि १४ वर्ष उमेर समूहका नेपालीभाषी बालबालिकाहरूले यसमा भाग लिइरहेका छन्।

बिहीबार साँझ आयोजित एक विशेष समारोहबीच चौंथो सिजनको प्रिमियर गरिएको थियो, जहाँ पहिलो एपिसोड प्रदर्शन गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ।
यस सिजनको मुख्य प्रायोजकको रूपमा प्रजनन स्वास्थ्य सेवामा अग्रणी संस्था ‘नेचुरल आईभीएफ वात्सल्य’ जोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *