झीगु बहाः झीगु बही सार्वजनिक
काठमाडौं, १ असार । नेपालभाषाको म्युजिक भिडियो ‘झीगु बहाः झीगु बही’ काठमाडौं महानगरपालिकाको सहकार्यमा कामनपाका पूर्व मेयर विद्या सुन्दर शाक्यले काठमाडौंमा सार्वजनिक गरेको छ ।
सेभ नेवाः भ्यालीका गीतकार शैलेश शाक्य (भिक्षू)को प्रस्तुति रहेको उक्त म्यूजिक भिडियोले काठमाडौंको मुख्य मुख्य बहाः र बहीहरुबारे जानकारी दिने प्रयास गरेको छ ।
सो म्युजिक भिडियोका निर्देशक रवि सायमी, संगीतकार पबित्र कसाः रहनुभएको छ । म्युजिक भिडिओका गायक गायिका, संगीतकार, एरेन्जर तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरुलाई पूर्व मेयर शाक्यले कदरपत्र प्रदान गर्नुभयो ।