सुदूरपश्चिम रोयल्सले गर्यो दिपेन्द्रसहित छ खेलाडी रिटेन

काठमाडौँ, ७ असार । सुदूरपश्चिम रोयल्सले शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सत्रका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित छ खेलाडीलाई रिटेन गरेको छ ।

सुदूरपश्चिम रोयल्स पछिल्लो संस्करणमा उपविजेता बनेको थियो । सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले प्रेस विज्ञप्तिमार्फत् राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्रसिंहलाई पुनः मार्की खेलाडीमा रिटेन गरेको जनाएका छ । यसैगरी विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि निरन्तरता दिएको छ ।

यसैगरी अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरेको छ ।