ग्रेस महर्जनलाई मिस्टर महानगर बडिबिल्डिङको उपाधि

काठमाडौँं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप २०८२ मा उपाधि जित्ने बडिबिल्डिरहरुलाई पुरस्कृत गर्नुभएको छ ।

सो प्रतियोगितामा नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन ओभरअल च्याम्पियन बनेर प्रथम मिस्टर महानगर घोषित भए । ग्रेसले मिस्टर महानगरको टाइटलसहित पाँच लाख रुपियाँ र ट्रफी प्राप्त गरे । उहाा ब्याटनले पनि सुसज्जित भए । ग्रेस ७५ केजी तौल समूहमा विजेता बनेर ओभरअल प्रतिस्पर्धामा सामेल हुनुभएको हो ।

इसैगर फिटनेस गारेजका नेब बहादुर रानाले ५५ केजी, फिटनेश गारेजकै सुमित गिरीले ६० केजी, फिटनेस गारेजकै युवराज बस्नेतले ६५ केजी, पावर फिजिकल फिटनेसका सुसन श्रेष्ठले ७० केजी र नेपाल व्यायाम मन्दिरका सुरेश मुनिकारले ७५ केजी तौल समूहमा विजेता बने । आआफ्नो समूहमा विजयी भएका यी सबै खेलाडीले  ग्रेससँग ओभरअलमा प्रतिस्पर्धा गरेका थिए । प्रत्येक तौल समूह विजेतालाइ ७५ हजार रुपियाँले पुरस्कृत गरिएको थियो । यसैगरी तौल समूहको प्रतिस्पर्धामा दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १५ हजार र पाँचौँ हुनेलाई दास हजार रुपियाँले पुरस्कृत गरिएको थियो ।

सो प्रतियोगितामा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाई सम्मान गरिएको थियो ।