एट्लेटिको म्याड्रिड क्लब विश्वकप फुटबलको समूह चरणबाटै विदा

क्यालिफोर्निया, १० असार । स्पेनको ठूलो क्लब एट्लेटिको म्याड्रिड क्लब विश्वकप फुटबल प्रतियोगितामा समूह चरणबाटै विदा भएको छ । समूह बीअन्तर्गत आफ्नो अन्तिम खेलमा ब्राजिलको बोटाफोगोलाई १–० ले हराएपनि गोल अन्तरको आधारमा एट्लेटिको पछाडी पर्यो । एन्टोनियो ग्रिज्मयानले अन्तिम समयमा गोल गरेपछि खेलमा नाटकीय मोड आएको थियो ।

बेटागो हारपछि पनि समूह बीबाट पेरिस सेन्ट जर्मनसँग नकआउट चरणमा पुगेको छ । यस समूहमा यी तीनै टिमले दुई जित र एक हारमा खेलेका थिए । तर आठ दिनअघि पेरिस सेन्ट जर्मनसँग ४–०को फराकिलो हारले एट्लेटिको म्याड्रिडलाई समस्यामा पार्यो ।
एजेन्सी

तस्बिर साभारः एपी