भाेटेकाेसी बाढीमा बेपत्ता असई श्रेष्ठको शव त्रिशूलीमा फेला

चितवन, २४ असार । रसुवाको टिमुरेमा आएको भाेटेकाेसी बाढीमा परी बेपत्ता भएका एक प्रहरी सहायक निरीक्षक (असई) को शव चितवनमा फेला परेको छ।

बेपत्ता भएका तीन प्रहरीमध्ये असई लालबहादुर श्रेष्ठको शव जिल्लाको इच्छाकामना गाउँपालिकास्थित १५ किलो भन्ने स्थानमा त्रिशूली नदी किनारमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले त्रिशूली नदीमा तैरिरहेको अवस्थामा शव भेटिएको जानकारी दिनुभयो। उहाँका अनुसार, शवको एक खुट्टामा प्रहरीले लगाउने बुट भेटिएकाले उनी ड्युटीकै क्रममा बाढीमा परेको पुष्टि भएकाे हाे ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। अस्पतालमा मृतककी श्रीमतीले शवको पहिचान गरेपछि उनी रसुवाको टिमुरेबाटै बेपत्ता भएका असई श्रेष्ठ नै भएको पुष्टि भएको एसपी पुरीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *