३५ वर्षदेखि एमालेले पाउँदै आएको सुरक्षा राज्यले हटायो, पूर्वसैनिक तथा पूर्वप्रहरीबाट सुरक्षा लिदैँ एमाले
काठमाडौं, ३० असोज । सरकारले नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले को मुख्यालयबाट सुरक्षाकर्मी हटाएपछि एमालेले आफ्नो कार्यालयको सुरक्षाका लागि नयाँ रणनीति बनाएको छ ।
उस्ले सरकारको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । च्यासलमा रहेको मुख्यालयबाट सुरक्षा हटाएसँगै अब एमालेले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई कार्यालय सुरक्षाको जिम्मेवारी दिएको हो ।
एमाले मुख्यालयले दिएको जानकारी अनुसार कार्यालय परिसरमा एमालेले चारैतिर सीसीटीभी क्यामेरा जडान गरी निगरानी पनि बढाएको छ । बहुदलीय व्यवस्थासँगै एमालेले वि.सं. २०४८ देखि केन्द्रीय कार्यालयमा सरकारी सुरक्षा सेवा पाउँदै आएको थियो ।
नेपालमा बहुदलीय व्यवस्था ल्याउन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अतुलनीय भूमिका खेलको एमालेको मुख्यालयबाट कुनै पूर्वजानकारीविना सरकारले सुरक्षा हटाइएपछि एमाललेले आफ्नो कार्यालयको सुरक्षा व्यवस्था बढाएको हो ।
एमालेले सरकारी सुरक्षा हटाइएपछि पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आवागमन र गतिविधि बढेको महशुस गर्दै सुरक्षा सतर्कता बढाएको हो । अब नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ ।
