११४ नयाँ शाखा अधिकृतको सरुवा, अधिकांश स्थानीय तहमा

काठमाडौं, २५ असार । सरकारले ११४ जना नयाँ शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस भएका अधिकृतहरूलाई मंगलबार सरुवा गर्ने निर्णय गरेको हो ।

पदस्थापन भएकामध्ये ४५ जना गृह मन्त्रालयमा र बाँकी ६९ जनालाई विभिन्न स्थानीय तहमा खटाइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका उनीहरूले अब तोकिएको कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन् ।