१७ वर्षपछि अभिनयमा कमब्याक, राजनीति छोड्नेछिन् त स्मृति इरानी? ‘यो त सहायक प्रोजेक्ट हो’ भनिन्

 

काठमाडौं । अभिनेत्री तथा राजनीतिज्ञ स्मृति इरानी १७ वर्षपछि पुनः अभिनयमा फर्कने भएकी छिन्। उनले सानो पर्दामा आफ्नो लोकप्रिय टेलिभिजन शो ‘क्योंकि सास भी कभी बहू थी’ को दोस्रो सिजनमार्फत कमब्याक गर्ने तयारी गरेकी हुन्।

लामो समयपछि अभिनयमा फर्किएपछि उनले राजनीति छाड्नेछिन् भन्ने अड्कलबाजी भइरहेका बेला इरानीले यस विषयमा प्रतिक्रिया दिएकी छिन्। एनडीटिभीसँगको कुराकानीमा स्मृतिले भनेकी छिन्, “‘क्योंकि सास भी कभी बहू थी’ एउटा सहायक प्रोजेक्ट मात्र हो।”

स्मृतिले अभिनयलाई ‘पार्ट-टाइम’ कामको रूपमा लिएको पनि संकेत गरेकी छिन्।

उनले ‘क्योंकि सास भी कभी बहू थी’ पितृसत्तात्मक रहेको भन्ने टिप्पणी गर्ने मानिसहरूको कुराले आफूलाई कुनै फरक नपर्ने पनि बताएकी छिन्।

१७ वर्षपछि स्क्रिनमा फर्किँदाको आफ्नो भावना व्यक्त गर्दै स्मृतिले ४९ वर्षको उमेरमा २५ वर्षको यात्रा पूरा भएको बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *