हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले गुरुलाई अन्धकारबाट प्रकाशमा पुऱ्याउने र व्यक्तिलाई आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्रका रूपमा उल्लेख गर्नुभएको छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ, “गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना ।”