त्रिशूली किनारमा पुरुषको शव फेला

चितवन, २६ असार । चितवनको इच्छाकामना गाउँपालिका–६, कालिखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।

सशस्त्र प्रहरी बलका अनुसार अन्दाजी ४५/५० वर्षीय देखिने पुरुषको शव फेला परेको हो। प्रहरीले आवश्यक मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ।

शवको पहिचान हुन सकेको छैन। उक्त शव गत असार २४ गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये कसैको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *