साफ यु–१७ च्याम्पियनसिपमा नेपाल समूह एमा

काठमाडौँ, साउन ४ गते । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार साफ यु–१७ च्याम्पियनसिपको ड्र सार्वजनिक गरेको छ सो प्रतियोगितामा नेपाल समूह एमा परेको छ । जुन समूहमा गत उपविजेता बङगलादेश र श्रीलङ्का पनि रहेका छन् ।

समूह बीमा गत विजेता भारत, भुटान, माल्दिभ्स र पाकिस्तान छन् । साफ यु–१७ च्याम्पियनसिप अक्टोबर १७ देखि २७ सम्म श्रीलङकामा हुँदैछ ।