इङगल्यान्ड महिला युरोपेली फुटबल च्याम्पियन

लन्डन, १२ साउन । विश्व विजेता स्पेनलाई टाइब्रेकरमा ३–१ ले हराएर इङगल्यान्डले युरोपेली महिला च्याम्पियन्सीपको उपाधि रक्षा गरेको छ ।

निर्धारीत समय र अतिरिक्त समयको खेल १–१ ले बारबरमिा सकिएपछि युरो च्याम्पियनको छिनोफानो पेनाल्टी सुटआउटमा गरिएको थियो । इङ्गल्यान्डकी गोलकिपर हना हाम्पटनले सुपरस्टार आइटाना बोनमती र मारियोना कालडेन्टीको प्रहार विफल पारेकी थिइन् ।साल्मा पारालुएलोले पेनाल्टीमा बल गोलपोस्टबाहिर प्रहार गरिन् । त्यसपछि चोली केलीले अन्तम पेनाल्टीमा सफल प्रहार गरेर इङगल्यान्डलाई विजेता बनाइन् ।

सो खेलको २५ औँ मिनेटमा काल्डेन्टीले आना बाट्लेको क्रसमा हेड गोल गरी स्पेनलाई अग्रता दिलाएकी थिइन् । खेलको ५७ औा मिनेटमा केलीले हेडमार्फत् नै बराबरी गोल गरिन् ।

इङ्गल्यानडका लागि यो जित बदला पनि भएको छ । दुई वषअघि स्पेनले इङगल्यान्डलाई हराएर विश्वकप जितेको थियो । स्पेनले अहिलेसम्म महिला युरो कप भने जित्न सकेको छैन ।

तस्बिर सौजन्यः एपी