भक्तपुरमा भब्यरूपमा मनाइयाे गाईजात्रा (फोटो फिचर)
भक्तपुर, २५ साउन । भक्तपुरमा गाईजात्रा पर्व भब्यरूपमा मनाइएकाे छ । देशभरमै आकर्षक मानिने भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गरिन्छ ।
भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट गाइजात्राकाे अघिल्लाेदिन साँझ लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुन्छ । गाईजात्राको दिन विशेष उल्लासका साथ भक्तपुरमा गाईजात्रा मनाइएकाे छ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्। सरकारले आज गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
तस्बिरहरू…