सेतीदेवी माविका पूर्व विद्यार्थीहरूद्वारा कक्षा १२मा नगर दाेस्राे भएका सहित २९ विद्यार्थीलाई सम्मान
सिन्धुपाल्चाेक, १० भदाै । सिन्धुपाल्चाेककाे चाैतारासाँगाचाेकगढी नगरपालिका वडा नं १ स्याउलेस्थित श्री सेतीदेवी माविबाट कक्षा १२मा उत्कृष्ठ नम्बर ल्याएर विद्यालय प्रथम तथा नगर दाेस्राे भएका विद्यार्थी प्रदिप श्रेष्ठलगाएत २९ जना विद्यार्थीहरूलाई श्री सेतीदेवी पूर्व विद्यार्थी एकता समाजले एक कार्यक्रम गरी सम्मान गरेका छन् ।
समाजले विद्यालयकाे प्राङ्गणमा एक कार्यक्रम गरि चाैतारा साँगाचाेकगढी नगरपालिका भरिमै कक्षा १२मा उत्कृष्ठ नम्बर ल्याएर नगर दाेस्राे तथा विद्यालय प्रथम भएकासहित सेतीदेवी माविका २९ विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।
सम्मान कार्यक्रमलाइ सम्बाेधन गर्नुहुँदै प्रमुख अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं १ का वडा अध्यक्ष युवलाल श्रेष्ठले पूर्व विद्यार्थी एकता समाजले सुरूगरेकाे सम्मान कार्यक्रमले विद्यार्थीहरूकाे मन जितेकाे बताउँदै यस्ताे कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।
उहाँले पूर्व विद्यार्थी समाजले सकरात्मक काम गरिरहेकाेले आफुपनि पूर्व विद्यार्थी समाजकाे सदस्य बनिसकेकाे बताउनुभयाे । उहाँले सकरात्मक काम गरिरहेका पूर्व विद्यार्थीसंग स्थानीय सरकारले पनि हातेमालाे गरेर सहकार्य गर्ने बताउनुभयाे ।
समाजका सदस्य पञ्चलाल श्रेष्ठले पूर्व विद्यार्थीहरूले अघिल्लाे वर्ष कक्षा १२मा उतिर्ण १० जना विद्यार्थीहरूलाई सम्मान गरेर सुरूगरेकाे सम्मान यसवर्ष २९ जनालाई गर्नपाएकाेमा खुसीलागेकाे बताउनुभयाे । उहाँले पूर्व विद्यार्थीहरूलाई समाजसंग जाेडिन पनि अनुराेध गर्नुभएकाे थियाे ।
कार्यक्रममा सेतीदेवी माविका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरूकाे तीज विशेष कार्यक्रमले थप राैनकता थपेकाे थियाे भने कार्यक्रम समाजका सचिव जीवन जाेन्छेले सञ्चालन गरेकाे थियाे ।
कार्यक्रममा इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुबाट प्राप्त आर्थिक सहयाेगबाट २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाइ स्टेस्नरी सामग्री वितरण गरिएकाे थियाे ।