काठमाडौँबाट गोरखाको आरुघाट जाँदै गरेकाे रात्रिबस दुर्घटना, २१ जना घाइते

काठमाडाैं, १७ भदौ । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना भएकाे हाे ।

बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।