रोनाल्डोको शानदार प्रदर्शनमा पोर्चुगलको जित
लन्डन, २२ भदौ । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले शनिबार राति आर्मेनियालाई ५–० ले हराएर विश्वकप छनोट फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । रोनाल्डो लगातार छैटौँ पटक विश्वकप खेल्ने अभियानमा छन् । अहिलेसम्म कुनै पनि खेलाडीले छ पटक विश्वकप खेलेको इतिहास छैन ।
अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलकर्ता रोनाल्डोको गोलसङ्ख्या १४० पुगेको छ । सउदी अबरको क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले गत सत्र पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । रोनाल्डोले जित्न नसकेको प्रमुख उपाधि भनेको विश्कप मात्र हो । अर्को वर्ष हुने विश्वकप रोनाल्डोका लागि सो प्रतया्ेगिता जित्ने अन्तिम अवसर हुनसक्छ ।
पाँच पटक च्याम्पियन्स लिग जितिसकेको र पोर्चुगललाई युरोपेली च्याम्पियन पनि बनाइसकेका रोनाल्डोले आर्मेनियााविरुद्ध पूवार्ध र उत्तराधएमा गोल गरे । दोस्रो गोल उनले करीब २५ गजबाट सशक्त प्रहारमार्फत् गरेक ाथए । जोआओ फेलिक्सले पनि दुई गाल गरे । अर्को एक गोल जाआओ कान्सेलोको नाममा रह्यो ।