काठमाडौंकाे बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौं, २२ भदौ । काठमाडाैंकाे बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरु तीन जनालाई काठमाडौं ल्याएको हो ।

गत साउनकाे १२ गते करिब ९ बजे नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि सामुहिक खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो ।

काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्न तीन जनालाई भारतमा पक्राउ गरेर काठमाडौं ल्याएको हो ।