जेनजी आन्दोलन: मृतकको संख्या १५ पुग्यो

काठमाडौं, २३ भदाै । ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या १५ पुगेकाे छ ।

जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।