प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि जलेको अवस्थामा भेटियो शव

काठमाडौं,२५ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि एक जना पुरूषको जलेकाे अवस्थामा शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *