बङगलादेशविरुद्ध श्रीलङ्का छ विकेटले विजयी

आबुधावी, २९ भदौ । श्रीलङ्काले शनिबार राति बङगलादेशलाई छ विकेटले हराएर एसिया कपमा विजयी सुरुआत गरेको छ ।

पहिले ब्याटिङ गरेको बङगलोदशले पाँच विकेटको क्षतिमा १३९ रनको सामान्य स्कोर तयार पारेको थियो । श्रीलङ्काले १४.४ ओभरमा चार विकेटको क्षतमा १४० रन रन बनाएर जित हात पार्यो ।
बङगलादेशको यो पहिलो हार हो । यसअघि, बङगलादेशले आफ्नो पहिलो खेलमा हङकङलाई सात विकेटले हराएको थियो ।

पाथुम निसन्काले ३४ बलमा छ चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय पालि खेलेपछि श्रीलङ्काको जित सजिलो बन्यो । यस क्रममा निसन्काले टि२० मा सबभन्दा चाँडै दुई हजार रनको कोशेढुङ्गा छुने ब्याट्सम्यान बने ।

निसन्का र कमिल मिसाराले दोस्रो विकेटको लागि तेज गतिमा ९५ रनको साझेदारी निर्वाह गरेपछि श्रीलङ्काका जित सहज बन्यो । मिसरा ४६ रनमा अविजित रहे । मसारा प्लेअर अफ दि म्याच बने ।
यसअघि बङगलादेशका लागि समिम हुसेन (४२ रन) र जाकर अली (४१ रन)ले बङगलादेशको पालि खेलेका थिए । यी दुईले ६१ बलमा अविजित ८६ रनको साझेदारी निर्वाह गरेका हुन् । यसअघि,

बङगलादेशले ९.५ ओभरमा ५३ रन बन्दा पाँच विकेट गुमाइसकेको थियो । श्रीलङ्कका लागि स्पनर वानिन्डु हसरङगशालामा सर्वाधिक दुई विकेट लिनुभयो । यसैगरी प्रारमिभक बलरद्वय थुसरा र चमिरा दुवैले चार ओभरमा समान १७ रन खर्चेर एक–एक विकेट लिए ।