जेनजीले आगाे लगाएर ध्वस्त बनाएकाे बौद्ध भाटभटेनीभित्र भेटियाे ४ जनाको शव

काठमाडौं, २९ भदाै । जेनजीले आगाे लगाएर ध्वस्त बनाएकाे बौद्धमा रहेको भाटभटेनी सुपर स्टाेरमा ४ वटा शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ ।

जेनजी आन्दोलनका क्रममा देशैभरीका भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।