जेनजी आन्दाेलनका क्रममा फरार भएका कैदीबन्दी तीन दिनभित्र कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
नवलपरासी, १७ असाेज । जेनजी आन्दाेलनका क्रममा भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।
भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाइए उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए ।
हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए।
उनले भने, ‘असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’