घरबाट बाहिर निस्कनु अघि सूचना राजमार्गको सूचना लिन आग्रह

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई ३ दिन रोक

काठमाडौं, असोज १८  । सरकारले सवारी साधनमार्फत काठमाडौँ उपत्यका भित्रिन र उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौँ उपत्यका भित्रिन र उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिनुभएको छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौँ भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।