जेनजी मुभमेन्ट अलायन्सले अख्तियार पुगेर मागे प्रमुख आयुक्त र सबै आयुक्तको राजीनामा

काठमाडाैं, २१ असाेज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टंगाल पुगेर निवेदन दिएका छन् ।

मंगलबार प्रमुख आयुक्त राई र सबै आयुक्तको राजीनामा माग्दै युवाहरू अख्तियारमा पुगेर निवेदन दिएका हुन्।

अख्तियार मुख्यालय अगाडि जेनजी मुभमेन्ट अलायन्सले प्रदर्शन पनि गरेका छन् । उनीहरूकाे प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूले तैनाथी बढाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *