मलेसियासँगका टि२० शृङखला नेपालको पक्षमा, कविता सर्वश्रेष्ठ बलर

काठमाडौँ, २२ असोज । नेपाली महिला क्रिकेट टिमले बुधबार आयोजक मलेसियासँगको पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ३–२ ले जितेको छ ।

मलेसियाको बायुमास क्रिकेट मैदानमा भएको पाँचौँ तथा निर्णायक खेलमा नेपालले मलेसियालाई पपाँच विकेटले हरायो । यसअघि, मलेसियाले पहिलो खेल १३ र तेस्रो खेल तीन रनले जितेको थियो । नेपालले दोस्रो तथा चौथोमा खेल मलेसियालाई समान छ विकेटले हराएर शृङ्खला बराबरीको स्थितिमा ल्याएको थियो ।

मलेसियाका क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि प्रारम्भिक ब्याटर रुवि पोदारले सर्वाधिक २६ रन बनाइन् । यसैगवरी पूजा महतोले २३ र रुविना क्षेत्रीले अविजित १५ रन बनाएर नेपाललाई जितसम्म लगे ।

मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले एक–एक विकेट लिए ।

यसअघि, मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । नेपालकी कविता कुँवरले र राजमती ऐरीले तीन–तीन विकेट लिएका थिए । राजमती १५ रनमा तीन विकेट लिएर प्ल अ‍ेर अफ दि म्याच बनिन् । सो शृङखलामा नेपालकी प्रारम्भिक बलर कविता कुँवर सर्वश्रेष्ठ बलर चुनिइन् । उनले कूल नौ विकेट लिएकी थिइन । यसैगरी उत्कृष्ट ब्याटर र प्लेअर अफ दि सिरिज मलेसियाकी आइना हमिजा घोषित भइन् ।