भारत र इरानसँग खेल्ने नेपाली महिला फुटबल टिमको विदाइ

काठमाडौँ, ४ कात्तिक । भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल खेल्ने नेपाल महिला फुटबल टिमको मङगलबार विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ  (एन्फा) अध्यक्ष पंकज नेम्वाङलगायतले विदाइ कार्यक्रममा नेपाली टिमको सफलताको शुभकामना दिए ।

फिफा विन्डोजअन्तर्गत नेपालले कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग खेल्नेछ । त्यसपछि नेपाल कात्तिक १३ गते भारतसँग अर्को अनअफिसियल खेलमा सहभाग हुने । यी तीनै खेल भारतको सिलोङमा हुनेछ । फिफा वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

पूर्णिमा राई र मिना देउवा पहिलो पटक राष्ट्रिय टिममा छन् ।हराकुमारी भुजेल, दिपा शाही र सजनी थोकरले भने राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् । सावित्री भण्डारी साम्बाको नेतृत्वमा नेपालले खेल्नेछ । अन्य खेलाडीमा अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, मनमाया दमाई,र निशा थोकर। प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् ।

नेपाली टोली बुधबार भारत प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *