रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते
रुपन्देही, ७ कात्तिक । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।
प्रहरीका अनुसार रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएको जनाइएकाे छ ।
मृतकको पहिचान हुन बाँकी रहेकाे छ भने सबै विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।