उपप्रमुख डंगोलको अगुवाईमा एक वडा एक नमूना उद्यमः ५ सय ५० बढीले सिके सिप, बने आत्मनिर्भर

काठमाडौं, ११ कात्तिक । काठमाडौं महानगरपालिको उपप्रमुखमा निर्वाचित भएपछि सुनिता डंगोलले २०७९, १६ जेठमा पद तथा गोपनियताको शपथ लिनु भएको थियो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेवारी भाषामा शपथ लिनु भएकी डंगोलले त्यहि दिन पदभार ग्रहण गर्नुभएको थियो ।

चुनावी घोषणापत्र अनुसार नै उहाँले महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । महानगरपालिकाका सबै वडामा महिला सेल गठन गर्ने र सेलले हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापन गर्ने उदेश्यसहित उहाँले आफ्नो कार्यभार सम्हाल्नु भएको थियो ।

उहाँले कार्यभार सम्हालेको अहिले ४१ महिनामा भएको छ । उहाँले यो ४१ महिनामा आफ्नो कार्यक्षेत्र भित्र परेका धेरै अधिकारलाई सही सदूपयोग गर्दै सकारात्मक सन्देश दिने कार्यलाई निरन्तरता दिदैँ आउनु भएको छ । यस्ता धेरैकाम मध्ये एक हो ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रम ।

उहाँले कार्यभार सम्हालेको अहिले ४१ महिना भएको छ । उहाँले यो ४१  महिनामा आफ्नो कार्यक्षेत्र भित्र परेका धेरै अधिकारलाई सही सदूपयोग गर्दै सकारात्मक सन्देश दिने कार्यलाई निरन्तरता दिदैँ आउनु भएको छ । यस्ता धेरैकाम मध्ये एक हो ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रम ।

उहाँकै अवधारणामा अघि बढेको यो कार्यक्रम निकै प्रभावकारी बन्दै आएको छ । घर–व्यवहारका काम गरेर बसेका गृहिणीहरुलाई फुर्सदको समयमा काम गरेर आर्थिक सशक्तिकरण प्रदान गर्ने सोचबाट अघि बढाएको यो उद्यमशीलतामा आधारित कार्यक्रम नतिजामुखी बन्दै आएकोमा उपप्रमुख डंगोल स्वय पनि उत्साहित हुनुहुन्छ । ‘म केही गर्न सक्दिन भन्ने हीनताबोध र उदासीनतालाई चिर्दै उद्यमशीलता मार्फत महिलाहरुको सशक्तिकरण गर्ने योजना सफलताको बाटोमा लागेको देख्दा खुशी लाग्ने रहेछ,’ डंगोलले खुशी व्यक्त गर्दै भन्नुभयो, ‘आफू निर्वाचित भए आउँदा घरमै भएका महिलाहरुलाई आँगन बाहिर ल्याएर उद्यम र आयका कार्यक्रमसँग जोड्ने सपना थियो । घरमै सिकेको, भात–भान्छा गर्दागर्दै जानेको सीपलाई निखार्न तालिम दिने, यसरी सिकेको सिपलाई सशक्तिकरण र उद्यमसँग जोड्ने सपना थियो । त्यो सपनाले अहिले साकार रुप लिँदैछ ।’

यो अवधारणा अघि बढाउने सोँच बनाउँदै गर्दा कार्यक्रम कार्यान्वयनसँगै सफल नतिजा ल्याउन सकिएला कि नसकिएला भन्ने धुकचुक उपप्रमुख डंगोलमा छदैँ थियो ।

तर, ‘हरेक यात्रा पहिलो पाइलाबाटै सुरु हुन्छ’ भन्ने तथ्यलाई आत्मसाथ गर्दै उहाँले अघि बढ्ने आँट गर्नुभयो । घरमा बसेका महिलालाई बाहिर निकाल्न सजिलो थिएन । अझ त्यो भन्दा पनि कठिन त त्यो उमेरमा तालिमप्रति उहाँहरुलाई दत्तचित्त बनाएर दक्ष बनाउने अनि सिकेको सिपलाई सशक्तिकरण र उद्यमसँग जोड्ने सपना देखाउनु मात्रै होइन त्यो सपना पूरा गराउनु पनि थियो ।

‘हामीले हिम्मत गरेर कार्यक्रम थालनी ग¥यौँ,’ उहाँले चिरपरिचित मुस्कानसहित भन्नुभयो, ‘आज २५ बढी वडामा ५ सय ५० बढीलाई समूहमा आवद्ध गराउन सफल भएका छौँ । केही समूहले वार्षिक २५ लाख रुपियाँसम्मको कारोबार गर्नुहुन्छ, यो सकारात्मक सन्देश हो र हामीले लिएको अठोटले प्राप्त गरेको सफलताको खुड्किलो पनि हो ।’

अहिले महानगरपालिकाले २५ बढी वडामा समूह बनाएर १७ देखि ६५ वर्ष उमेरका नागरिकहरुलाई २५ बढी वडाका उद्यमी समूहमा आवद्ध गराउन सफल भएको छ । ती समूहमा अधिकांश महिला रहेको महानगरपालिकाको भनाई छ ।

अहिले महानगरपालिकाले २५ बढी वडामा समूह बनाएर १७ देखि ६५ वर्ष उमेरका नागरिकहरुलाई २५ बढी वडाका उद्यमी समूहमा आवद्ध गराउन सफल भएको छ । ती समूहमा अधिकांश महिला रहेको महानगरपालिकाको भनाई छ ।

सोच, योजना र कार्यक्रम निर्माण तथा कार्यान्वयन चरणमा सम्पन्न गरिएका कामका सिकाइ सुनाउँदै उद्यमीलाई प्रविधि हस्तान्तरण गरेर उद्यम विकासमा टेवा पु¥याउने लक्ष्य महानगरपालिकाले लिएको पनि डंगोलले जानकारी दिनुभयो । उहाँकै अगुवाइमा उत्पादित वस्तुको प्रदर्शनी र विक्रीका लागि ‘कोसेली घर’ सञ्चालन गर्ने, ‘मेड इन काठमाडौँ’ प्रदर्शनी आयोजना गर्ने योजना पनि महानगरले अघि बढाएको छ ।

‘उत्पादित सामानको बजारमा कस्तो माग छ भन्ने बुझ्नका लागि उद्यमीहरुलाई सूचना प्राप्त गर्ने, विश्लेषण गर्ने क्षमता प्रदान गर्छौँ । बजारले मागेको स्तरका सामान उत्पादन गर्न सिप र प्रविधि प्रदान गर्छौैँ,’ उहाँले भन्नुभयो, ‘गुणस्तर कायम गराउन प्रोत्साहन गर्छौँ । आकर्षक प्याकेजिङ्, लेभलिङ्, बजारीकरणको सिप विकास गराउँछौँ ।’

यी सबै प्रक्रिया पूरा गरेपछि अन्तरराष्ट्रिय बजारमा बिक्ने सामान उत्पादनका लागि प्रोत्साहन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । ‘यसका लागि निर्यातका प्रक्रियाहरु, सामान निर्यात गरिने देशको वाणिज्य नीतिहरु, सामानको मूल्य निर्धारण गर्ने विधि, कर तथा सुविधा जस्ता विषयमा उद्यमीलाई सवल बनाउँदै लैजान्छौँ,’ उहाँले भन्नुभयो, ‘घरमा यत्तिकै बसिरहेका गृहिणी महिलाहरुलाई उद्यमी बनाएर आर्थिक रुपमा आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष हो ।’
उहाँले मौलिक, परम्परागत तथा रैथाने उत्पादनबाट स्थानीयबासीको आर्थिक सशक्तिकरणमा योगदान गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँले स्थानीयबासीमा स्वरोजगार सिर्जना गर्ने र आत्मनिर्भरता प्रदान गर्ने दीर्घकालीन लक्ष्य रहेको भन्दै यस्ता मौलिक उद्यम रचनात्मक उद्योगका रुपमा विकास हुँदै लैजाने विश्वास रहेको उल्लेख गर्नुभयो ।

अहिले नमूना उद्यममा आवद्ध भएपछि कोही तितौरा, गुन्द्रुक र मस्यौरा उत्पादनमा व्यस्त बनेका छन् भने कोही फेल्टको सामान बनाउने अनि कोहीचाँहि सेरामिक्सका सामान बनाउन व्यस्त बन्न थालेका छन् । यो उद्यमले क्रिष्टल तथा पोतेको गहना बनाउने, दुना टपरी, रुद्राक्षको ढक्की बनाउने, रुद्राक्षको माला, धुप बनाउने, अचार बनाउने, सुकुल बनाउने, काष्ठकला र कटाँकी मूर्ति कुँद्ने जस्ता पौरखी हातहरु पनि उत्पादन भएका छन् ।

अहिले नमूना उद्यममा आवद्ध भएपछि कोही तितौरा, गुन्द्रुक र मस्यौरा उत्पादनमा व्यस्त बनेका छन् भने कोही फेल्टको सामान बनाउने अनि कोहीचाँहि सेरामिक्सका सामान बनाउन व्यस्त बन्न थालेका छन् । यो उद्यमले क्रिष्टल तथा पोतेको गहना बनाउने, दुना टपरी, रुद्राक्षको ढक्की बनाउने, रुद्राक्षको माला, धुप बनाउने, अचार बनाउने, सुकुल बनाउने, काष्ठकला र कटाँकी मूर्ति कुँद्ने जस्ता पौरखी हातहरु पनि उत्पादन भएका छन् ।

त्यति मात्रै होइन जुत्ता बनाउने, मखमलका सजावटका सामान बनाउने, नेवारी पोशाक उत्पादन गर्ने, सुर्के थैली, रिबनका फूल तथा सचिका बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोका मुखुन्डो बनाउने, हाकुपटासी उत्पादन गर्ने, मिठाइका परिकार मरीचरी उत्पादन गर्ने, फ्रोजन मःमः सहित स्थानीय परिकार उत्पादन जस्ता उद्यम पनि अहिले काठमाडौँका विभिन्न वडाहरुमा अघि बढेको छ । यो सकारात्मक प्रयासको थालनी हो ।

महानगरपालिकाको सामाजिक विकास विकासका वरिष्ठ उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार पनि यसरी सञ्चालित उद्यमहरुले वार्षिक १५ लाख रुपियाँसम्मको कारोबार गर्ने गरेका छन् ।

वडाहरुले पहिचान गरेका परम्परागत सिप, त्यस सिपसँग सम्बन्धित उद्यमशीलता र स्थानीय बजारमा उत्पादित सामानको मागका आधारमा उद्यमका क्षेत्र तय भएका हुन् ।
परिवार, समाज आफ्नै ठाउँमा सामान उत्पादन गरेर आफ्नै ठाउँमा विक्री गर्न सकिने बस्तुलाई उत्पादनका लागि छनोट गरिएको हो । यसरी स्थानीय उद्यम छनोट भएपछि कम्तिमा १४ देखि २५ जनासम्मको समूह निर्माण गरेर ७ दिनदेखि ३ महिनासम्मका उद्यम विकास तालिम सञ्चालन गरिएको थियो ।

उद्यमीहरु कार्यक्रमप्रति उत्साहित

यो कार्यक्रम प्रभावकारी बन्दै आएको छ भन्ने सन्देश वडामा उद्यम सिकेर आत्मनिर्भर बन्दै गरेका वडावासीहरुको भनाइबाट पनि प्रष्ट हुन्छ । वडा नम्बर १४ ले सञ्चालन गरेको खोस्टा र अल्लोका सामान बनाउने उद्यममा आवद्ध शर्मिला सापकोटाले उद्यमी कार्यक्रमबाट केही सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘घरमा बसेका महिलालाई बाहिर निकालेर आय आर्जनको बाटो देखाउनु यस्को सवल पक्ष हो,’ उहाँले भन्नुभयो, ‘कार्यक्रम सञ्चालनको उद्देश्य नै महत्वपूर्ण छ ।’

सापकोटा मात्रै होइन वडा नम्बर ६ मा सेनिटरी प्याड उत्पादन गर्ने उद्यममा आवद्ध गायत्री दाहाल पनि यसबाट केही आन्दामि गर्न सकेकोमा उत्साहित हुनुहुन्छ । ‘उद्यममा आउनुअघि म घरमै सीमित थिएँ । केही गर्न सकिएला कि जस्तो लागेको थियो,’ उहाँले भन्नुभयो, ‘तर, अवसर प्राप्त भएको थिएन । महानगरपालिकाले तालिम दियो । यसले अवसर सिर्जना ग¥यो । हामी ९ जना सबै जना भान्छाबाट निस्किएर उद्यम गर्छौँ भनेर लागेका छौँ । यो नै सबैभन्दा ठुलो कुरा हो ।’

दाहालका अनुसार उहाँहरु अहिले वार्षिक औसतमा १३ हजार प्याकेट प्याड उत्पादन गरिरहनुभएको छ । उहाँहरु अहिले विद्यालयमा यसको बजार खोजिरहनुभएको छ ।

वडा नम्बर ३ मा फेल्टका सामान उत्पादन गर्ने उद्यम सञ्चालमान आएको छ । त्यसमा आवद्ध अधिकांश खुशी छन् । ‘हामी दिदीबहिनी मिलेर काम गरिरहेका छौँ । हामीले उत्पादन गर्ने सामग्री निर्यात गरिने बस्तु हुन् । हामी आफैँले निर्यात गरेका छैनौँ तर, निर्यात गर्ने कम्पनीहरुले हामीलाई डिजाइन र सामानको अर्डर दिनुहुन्छ,’ लज्जा महर्जन भन्नुहुन्छ ‘हामी मिलेर बनाइदिन्छौँ । हामीलाई हात्ती, विभिन्न खालका किरिङ्, माछा, ह्याङ्गर जस्ता सामान बनाउन अर्डर आउँछ ।’ उहाँका अनुसार यी सामान चीन, फिनल्याण्ड, अष्ट्रलिया, युके लगायत देशमा निर्यात हुने गरेको छ ।

‘हामी दिदीबहिनी मिलेर काम गरिरहेका छौँ । हामीले उत्पादन गर्ने सामग्री निर्यात गरिने बस्तु हुन् । हामी आफैँले निर्यात गरेका छैनौँ तर, निर्यात गर्ने कम्पनीहरुले हामीलाई डिजाइन र सामानको अर्डर दिनुहुन्छ,’ लज्जा महर्जन भन्नुहुन्छ ‘हामी मिलेर बनाइदिन्छौँ । हामीलाई हात्ती, विभिन्न खालका किरिङ्, माछा, ह्याङ्गर जस्ता सामान बनाउन अर्डर आउँछ ।’ 

पहिला शिक्षण पेशामा रहनु भएकी वडा नम्बर २७ की शुशिला मानन्धरको पनि खुशी लज्जा महर्जनहरुकै जस्तो छ । ‘यस अघि म शिक्षण पेशामा थिएँ । हातको सिप प्रयोग हुने ठाउँ भए केही गरेर देखाउँथे भन्ने मनमा लाग्थ्यो । तर, अवसर थिएन । महानगरपालिकाको एक वडा एक नमूना उद्यम कार्यक्रममा जोडिन पाएकोमा मनले चाहेको कुरा पाएको जस्तो भएको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो, ‘हामी माटोबाट मुखुन्डो बनाउँछौँ । यी सामान त उपहार र सजावटका लागि धेरै माग हुन्छ । श्रद्धा हुनेहरुले खोजी खोजी लिन्छन् ।’

यसरी सामान उत्पादन गर्ने उद्यमलाई महानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्ने गरेको छ । यो उपप्रमुखको संयोजकत्वमा गठन भएको समिति हो ।
उद्यम विकास प्रारम्भ

यो कार्यक्रम आर्थिक वर्ष २०८०–८१ को चैत २८ गते राष्ट्रिय सभा गृहमा महानगरपालिकाका १७ वटा वडामा उत्पादन भएका वडाको पहिचानसँग सम्बन्धित स्थानीय सामाग्रीहरुको प्रदर्शनी गर्दै प्रारम्भ गरिएको हो । यो प्रदर्शनीसँगै वडा १, २, ३, ४, ६, ७, ८, ९, १०, १२, १४, १६, २१, २२, २४, ३० र ३२ मा एक साथ कार्यक्रम सञ्चालनमा ल्याइयो । यी वडामध्ये वडा नम्बर ६ र १४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका कार्यक्रम सञ्चालित थिए । वडा नम्बर ६ मा सेनेटरी प्याड बनाउने, वडा नम्बर १४ मा मकैका खोस्टा तथा अल्लोका सामग्री बनाउने उद्यम थिए । अहिले यी २ वटा वडाका लघु उद्यम विकास कार्यक्रम एक वडा एक नमूना कार्यक्रमभित्रै गाभिएका छन् ।

कुन वडाका उत्पादन कुन हुन् ?

वडा नं. १ र ३० को नमूना उद्यम, गुन्द्रुक र मस्यौरा उत्पादन गर्ने हो । यस्तै वडा नं. २ को मस्यौरा र तितौरा बनाउने, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रुपमा सञ्चालित छन् । वडा नं. ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं. २४ को मखमलका सजावटका सामान बनाउने र वडा नं. ३२ को अचार बनाउने उद्यम सञ्चालन छन् ।

आर्थिक वर्ष २०८१÷८२ मा वडा नं. ११, १९, २०, २३, २५, २७, २८ र ३१ गरी ८ वटा वडामा उद्यम थपिए । यसरी थपिएकामा वडा नम्बर ११ को ऊनका सामान बनाउने, वडा नम्बर १९ मा नेवारी पोशाक उत्पादन गर्ने, वडा नम्बर २० मा सुर्के थैली, रिबनका फूल तथा सचिका बनाउने, वडा नम्बर २३ मा पपेट बनाउने, वडा नम्बर २५ मा ३ तहको डम्मरकुमारी ढाकाका कपडा सिलाउने, २७ मा माटोका मुखुन्डो, वडा नम्बर २८ मा बालबालिकाका कपडा सेट र गाउन सिलाउने र वडा नम्बर ३१ छालाका जुत्ता सिलाउने सिप विकास तालिमपछि उद्यम सञ्चालन थालिएका हुन् । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर १५, १८ र २९ मा प्रारम्भिक छलफल भएको थियो । वडा नम्बर १५ मा हाकुपटासी उत्पादन गर्ने, वडा नम्बर १८ मा मिठाइका परिकार मरीचरी उत्पादन गर्ने, वडा नम्बर २९ मा फ्रोजन मःमः सहित स्थानीय परिकार उत्पादन गर्ने योजना थियो । यी वडाहरुमा प्रारम्भिक छलफल भइसकेको छ । उद्यम विकास तालिम सञ्चालन भएपछि उद्यम कार्यान्वयनमा आउनेछन् ।

२०८२ सालमा छानिएका ८ वटावडामध्ये वडा नम्बर ११ बाहेक अन्य वडाका उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । यो उद्यम विकासको अर्को चरण हो । २०८१ सालमा छानिएका वडाका उद्यमलाई प्रविधिसँगै स्तरउन्नति तालिम समेत सञ्चालन गरिएको छ ।

२०८२ सालमा छानिएका ८ वटावडामध्ये वडा नम्बर ११ बाहेक अन्य वडाका उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । यो उद्यम विकासको अर्को चरण हो । २०८१ सालमा छानिएका वडाका उद्यमलाई प्रविधिसँगै स्तरउन्नति तालिम समेत सञ्चालन गरिएको छ ।

उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु विभिन्न प्रदर्शनी, उत्सव र महोत्सवमा विक्रीका लागि महानगरपालिकाले सहयोग गर्ने गरेको छ । महानगर दिवसका अवसरमा आयोजना हुने मूल समारोह स्थलमा यसको नियमित विक्री तथा प्रवर्धन अवसर प्रदान गरिएको छ । यस्तै २०८१ साल मंसिर ८ र ९ गते नारायण चौरमा आयोजना भएको ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ वाउमा, २०८२ सालको इन्द्रजात्राको अवसरमा बसन्तपुरमा स्थानीय उत्पादनको प्रदर्शनी, विक्री र प्रवर्धन अवसर प्रदान गरिएको थियो ।

यस्तै अस्पायर भेन्चरसँगको सहकार्यमा गएको बानेश्वरमा रहेको एन बि सेन्टरमा हरेक शुक्रबार र शनिवार विहान महिलाहरुले उत्पादन गरेका सामानहरुको विक्री स्टल उपलब्ध गराइँदै आएको छ ।

महानगरपालिकाका पदाधिकारीसँग हुने विशिष्ट भेटमा प्रदान गरिने उपहारका लागि महिलाहरुले उत्पादन गरेका सामानलाई प्राथमिकता दिने गरिएको छ । यसले उद्यमीलाई प्रोत्साहन भएको छ ।