यस वर्ष ए डिभिजन लिगको सट्टा राष्ट्रिय लिग हुने
काठमाडौँ, १७ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबरा यस वर्ष पनि सहिद स्मारक ए डिभिजन लिग नहुने जानकारी दिएको छ । अखिल नेपाल फुटबल संघ ( एन्फा) र ए डिभिजन क्लबहरूबीच सोमबार भएको बैठकमा दुवै पक्ष यो वर्ष ए डिभिजन लिग नगर्नेमा सहमत भएको हो ।
यद्यपि बैठकले ए डिभिजन लिगको सट्टा यस वर्ष राष्ट्रिय लिग फुटबलको आयोजना हुने भएको छ । सन् २०८३ पुस ३ गतेदेखि मात्र होम एन्ड अवेको संरचनामा ए डिभिजन लिग गर्ने सहमति भएको छ ।
राष्ट्रिय लिगका लागि बुधबारदेखि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग हुनेछ ।सो प्रतियोगिताको शीर्ष चार टिमले पुस ९ गते सुरु हुने राष्ट्रिय लिगमा खेल्ने मौका पाउनेछ । यी टिमले गत संस्करणको ए डिभिजनमा लिगमा शीर्ष छ स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
राष्ट्रिय लिग जित्ने टिमले एएफसी च्यालेन्ज लिगमा नेपालको प्रतिनिधित्व गर्नेछ ।