सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु–१९ भलिबलमा नेपाल उपविजेता

काठमाडौँ, कातित्तक २३ गते । सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल आइतबार किर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको छ ।

श्रीलङकाको कोलम्बोमा नेपालले किर्गिस्तानसँग २५–२२, २०–२५, २१–२५, २५–१३ र ११–१५ ले हार वेहोरकोे हो । नेपालले उद्घाटन खेलमा पनि कीर्गिस्तानसँग ३–२ सेटमा नै पराजय वेहोरेको थियो । यसबिच नेपालले श्रीलङका र माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा पनि माल्दिभ्सलाई हराएको थियो ।