महिला कबड्डी विश्वकप खेल्ने नेपाली टिम घोषित

काठमाडौँ, २७ कात्तिक । अखिल नेपाल कबड्डी संघले बिहिबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ ।

संघले बिहिबार सामाजिक सञ्जालमार्फत् मानमती विष्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । उपकप्तानमा जयन्ती बडु हुनुहुन्छ । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहनुभएको छ । टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् ।

महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो ।