रोनाल्डोलाई पहिलो पटक रातोकार्ड

डब्लिन, २८ कात्तिक । विश्वकप फुटबल छनोटमा पोर्चुगललाई आयरल्यान्डले २–० ले हराएको छ । समूह एफमा दस अङ्कसहित शीर्ष स्थानमा रहेको पोर्चुगलले छनोटको अन्तिम खेल अन्तिम स्थानमा रहेको आर्मेनियाविरुद्ध घरेलु मैदानमा खेल्नेछ । पोर्चुगल लगातार सातौँ पटक विश्वकपमा पुग्ने दाउमा रहेको छ ।

सो खेलको ६०औँ मिनेटमा आयरल्यान्डका डिफेन्डर डारा ओ सियालाई कुहिनाले प्रहार गरेपछि रोनाल्डोले रातो कार्ड पाए । सो कारवाहीपछि रोनाल्डोेले पोर्चुगल विश्वकपमा चयन भएमा पहिलो खेल गुमाउने सम्भावना बढेको छ । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्ड पाएका हुन् । आयरल्यान्डका लागि ट्रोय पारोटले दुवै गोल गरे ।