काठमाडौँ गोर्खाजको दोस्रो जित

काठमाडौँ, ९ मङ्सिर काठमाडौँ गोर्खाजले मङगलबार लुम्बिनी लायन्सलाई २२ रनले हराएर दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित हात पारेको छ ।

काठमाडौँ गोर्खाजकालागि कप्तान करण केसी नायक बने । काठमाडौँ गोर्खाजको चार खेलमा यो दोस्रो जित हो । लुम्बिनी लायन्सले भने एक जित र दुई हारमा खेलेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा काठमाडौँ गोर्खाजले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । लुम्बिनी लायन्स जवाफमा पाँच बलअघि नै १३५ रनमा अलआउट भयो ।

लुम्बिनीकालागि नवौँ क्रमका ब्याट्सम्यान शेर मल्लले १८ बलमा सर्वाधिक २७ रन बनाए । काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमार र इरासमसले दुई÷दुई तथा करण, शाहब आलम, सन्तोष र रशिदले एक÷एक विकेट लिए ।

यसअघि करण ११ बलमा ३४ रन बनाएर अविजित रहेका थिए । करण अलराउन्ड प्रदर्शनपछि प्लेअर अफ दि म्याच बने । करणले रुवेन ट्रम्पलम्यानले फालेको १९ औँ ओभरमा ३१ रन बटुलेका थिए ।

लुम्बिनी लायन्सका लागि ट्रम्पलम्यान, मल्ल, गुलबद्दीन नैब र रोहतले दुई÷दुई विकेट लिए